काठमाडौं: प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत आज भएको पहिलो खेलमा प्रदेश दुईले कर्णालीमाथि फराकिलो जित निकालेको छ। दाङको लमही क्रिकेट मैदानमा भएको खेलमा प्रदेश दुईले कर्णालीमाथि १४३ रनको फराकिलो जित निकालेको हो।
टस जितेर ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६५ रन बनाएको थियो। जसका लागि अनुराधा चौधरीले सर्वाधिक अभिजित ६९ रन जोड्दा शोभा आलेले २३ तथा विमला मगरले २१ रन जोडेकी थिइन्। त्यस्तै कमजोर बलिङ गरेको कर्णालीले ४३ रन अतिरिक्त दिएको थियो।
कर्णालीका लागि निशा पराजुलीले २ तथा सुजता बोगटीले १ विकेट लिएकी थिइन्।
जवाफी ब्याटिङमा उत्रिएको कर्णालीको ब्याटिङ सुरुबाटै धराशायी रह्यो। कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २२ रनमा सीमित भयो।
कर्णालीका लागि तिर्सना विश्वकर्माले सर्वाधिक ७ रन बनाउँदा ६ जना ब्याटर सुन्य रनमै पभेलियन फर्किए।
कर्णालीलाई सस्तैमा समेट्न प्रदेश २ का सरस्वती कुमारी र कविता गौतमले समान ३/३ विकेट लिए। त्यस्तै त्यस्तै सन्तोषी चौधरी र आरती चौधरीले पनि समान १/१ विकेट लिए।
प्रतियोगितामा तीन खेल खेलेको प्रदेश दुईको यो पहिलो जित हो भने कर्णालीको लगातार तेस्रो हार हो। समूह ए बाट लुम्बिनी र एपीएफ सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।
