PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

प्रचण्डपछि माधवकुमार नेपालसँग चिनियाँ नेताको भेट



पहिलोपोस्ट

प्रचण्डपछि माधवकुमार नेपालसँग चिनियाँ नेताको भेट

काठमाडौं : नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचाओको टोलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेको छ।

नेकपाका अन्तर्राष्ट्रिय विभागका प्रमुखसमेत रहेका नेता नेपालसँग चिनियाँ टोलीले भेट गरेको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए। उनले चिनियाँ टोलीको सद्भावना भ्रमण रहेको र सद्भावना भेट भएको बताए। भेटमा के भयो भन्ने विषयमा भने उनले खुलाउन चाहेनन्।

आइतवार नेपाल आइपुगेको चार सदस्यीय चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई समेत भेट गरेको छ। त्यस्तै यो टोलीले भोली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट गर्ने कार्यक्रम रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell