PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

आगलागी भए के गर्ने? अग्नि नियन्त्रकले देखाए 'डेमो'

आगलागी भए के गर्ने? अग्नि नियन्त्रकले देखाए 'डेमो'

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : घर तथा खाना पकाउने ग्यासमा आगलागी भए गरे तत्काल के गर्ने? कसरी नियन्त्रणमा लिने?

सोमवार जुद्ध वारुण यन्त्रमा यसै विषयमा 'डेमो' देखाइएको छ। अग्निनियन्त्रक किशोर भट्टराइले आगो नियन्त्रण गर्ने तरिकाको जानकारी दिए। विपद् व्यवस्थापनका लागि पूर्वतयारी, जोखिम न्यूनीकरण, प्रतिकार्य र पुनर्स्थापना जस्ता कार्यको व्यवस्थापन हुन नसक्दा शहरबजारमा आगलागीको जोखिम बढ्दै गएकाले ललितपुर महानगरपालिकाले चार दिने फायर फाइटिङ तालिम संचालन गरिएको थियो। 

तालिममा ललितपुर नगरपालिकाको दमकलकर्मी र विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत २५ जना सहभागी थिए।

यस चार दिने तालिममा अग्नि नियन्त्रणका विधि तथा उद्धारका तरिका र अग्नि नियन्त्रणका सामग्री चलाउने विधि सीकाइएको प्रशिक्षक एवं काठमाडौं फायर ब्रिगेडका पूर्व फायर चिफ किशोर कुमार भट्टराईले जानकारी दिए।

बाक्लो बस्ती, साँधुरो सडक र सुरक्षाको प्रबन्ध नहुँदा काठमाडौं उपत्यकाभित्र पछिल्लो समय आगोलागी नियन्त्रण निकै जोखिम बन्दै आएको छ। त्यस्तै पछिल्लो समय खाना पकाउने ग्यास लिक हुँदा धेरै आगलागी हुने गरेको भट्टराईले बताए।

तालिम संचालनका लागि युरोपेली युनियनको मानवीय सहायता विभागको आर्थिक सहयोग, संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमको प्राविधिक सहयोग तथा स्थानीय संस्था र एफ.एस.सी.एनको साझेदारी रहेको थियो।

हेर्नुहोस् आगो नियन्त्रणका केही तस्बिर :



ट्रेन्डिङ पोस्ट

Ncell