PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

ठगको नयाँ शैली : ट्राभलको संचालक भन्दै रकम नै नभएको चेक दिएर नयाँ मोटरसाइकल किनेर पुरानो मूल्यमा बेच्दै



पहिलोपोस्ट

ठगको नयाँ शैली : ट्राभलको संचालक भन्दै रकम नै नभएको चेक दिएर नयाँ मोटरसाइकल किनेर पुरानो मूल्यमा बेच्दै

काठमाडौंः पछिल्लो समयमा काठमाडौं उपत्यकाभित्र विभिन्न तरिकाले मानिसलाई ठगी गर्ने गिरोह सक्रिय भएका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौले यस्तै ठगी गर्ने एक समुहलाई पक्राउ गरेको छ। यो समुहले ट्राभलको संचालन भन्दै रकम नभएको बैंक एकाउन्टको चेक दिएर नयाँ मोटरसाइकल खरिद गरि सेकेन्डहेन्डमा बिक्री गर्ने गरेको खुलेको हो।

ठगी गरेको अभियोगमा प्रहरीले काठमाडौं चन्द्रागिरी नगरपालिका बस्ने ३० वर्षीय जोनी महर्जन, नुवाकोट बिदुर  नगरपालिका ३ घर भएका राजकुमरा खड्का,  काठमाडौं नागार्जुन नगरपालिका रामकोट घर भएका ३० वर्षीय सबिन राज गरी र २४ वर्षीय गोकर्ण गिरीलाई पक्राउ गरेको हो।

टेकुस्थित नेपाल जेनेरल मार्केटिङ प्रालिमाबाट जोनी र राज कुमारले आफु लक्जरी ट्राभल एण्ड टुर्स कम्पनीको संचालक रहेको भन्दै विश्वासमा पारी ७ लाख ६० हजारको चेक दिएर दुईवटा मोटरसाइकल लिएका थिए। कम्पनीका संचालक बिबेक मानन्धरले चेक साट्न बैकमा जाँदा रकम नभएपछि र उनीहरु सम्पर्क बिहिन भएपछि प्रहरीमा उजुरी दिएका थिए।

प्रहरीले उनीहरुलाई पक्राउ गरेपछि अन्य ठाउँबाट पनि उनीहरुले यसरी नै मोटरसाइकल लिएको खुलेको हो। ललितपुरको महालक्ष्मीस्थान, कुमारीपाटी, काठमाण्डौको तिनकुने, सानो भर्याङ, महाराजगंज, रबि भवन, टेकु स्थित रहेका बिभिन्न शो रुम हरु बाट लक्जरी ट्राभल एण्ड टुर्स र एम जि. ईन्टरनेशनल प्रालिको खातामा रकम नभएको चेक दिई मोटरसाईकल खरिद गरि ठगी गरेको परिसरका डिएसपी प्रमेश विष्टले जानकारी दिए।  

उनीहरुले विक्री गरेको १६ वटा मोटरसाइकल समेत बरामद गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell