PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

चुनाव अवसर हो, काँग्रेसलाई जिताउनुस् : महामन्त्री शशांक कोइराला



पहिलोपोस्ट

चुनाव अवसर हो, काँग्रेसलाई जिताउनुस् : महामन्त्री शशांक कोइराला
फाइल फोटो।

काठमाडौं : नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले चुनाव काँग्रेसका लागि अवसर भएको अभिव्यक्ति दिएका छन्। सोमवार नेपाली कांग्रेस नवलपुर क्षेत्र न १ ले आयोजना गरेको विरोध सभामा सम्बोधन गर्दै उनले विकास र परिवर्तनका लागि अब काँग्रेस रोज्नुपर्ने दिन आएको बताए।

'चुनावको पनि एउटा अभ्यास हो। विरोधसभाका लागि अवसर पाउँछ कि पाउँदैन। चुनावका मेरा लागि अवसर हो। आउँदो चुनावमा ओलीसाबले १७ र २७ गते चुनाव गर्ने भन्नुभा'छ। निर्वाचन आयोग तयार छ,' महामन्त्री कोइरालाले भने, 'तर ओली सरकारले गर्दैन भन्ने लाग्छ। यसमा हाम्रो प्रेसर रहन्छ। आउने चुनावमा नेपाली काँग्रेसलाई जिताउनुस् भविष्य नेपाली काँग्रेसको छ। नेपाली काँग्रेसले मात्र परिवर्तन ल्याउँछ।'

सभालाई सम्बोधन गर्दै कोइरालाले ओलीको कदमले काँग्रेस सडकमा उत्रेको बताए। उनले भने, 'ओलीले प्रतिनिधिसभा विघटन गर्‍यो। यो असंवैधानिक हो। संविधानको रक्षा गर्नुपर्छ भनेर हामी आन्दोलनमा उत्रेको हो। केपी शर्मा ओलीले म प्रधानमन्त्री हुँ जे पनि गर्न पाउँछु भन्ने मनासयले काम गरिरहनुभएको छ। सपनामात्र बाँडेको छ।'

दुई तिहाइको सरकारसँग समृद्धिको कुनै योजना नदेखेको दाबी गर्दै ओलीसँग विकासको दृष्टि नभएको उनको दाबी थियो।

'दुई तिहाई नजिकको सरकारले भाषणमा मात्र समृद्धिको कुरा गर्छ। कति काम गर्‍यो तपाईहरुले नै हेर्नुस् न। तीन वर्षको कार्यकाल स्वर्ण युग हो। जति पनि विकास भएका छन् ती सबै काँग्रेसले दिएको हो। ओली सरकारको दृष्टि नै छैन। समृद्धि त मुखमा मात्रै,' कोइरालाले भने।

नेपाल विकासका लागि हाइड्रो, पर्यटन र कृषिमा ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले कृषिमा सरकारले एकदमै थोरै बजेट छुटाएको आरोप लगाए। 'कृषिमा ३ प्रतिशतमात्र बजेट छ। ३० प्रतिशत बढी ल्याउनुपर्छ। कृषिमा बजेट खै? ओलीसँग जनताको हितमा कुनै योजना नै रहेनछ।'

ओली सकारले मास्क किन्दासमेत व्यापक भ्रष्टाचार गरेको उनको आरोप थियो। कोइरालाले भने, 'कोभिडको समयमा भ्रष्टाचार गर्ने। तिनीहरुलाई समातीसमाती जेल हाल्नुपर्ने हो। मास्क किन्दा पनि भ्रष्टाचार। २५ रुपैयाँको मास्कलाई ५५ रुपैयाँ तिरेर ल्याउने चीनबाट किनेर।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell