PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

देशलाई अफगानिस्तान बन्नबाट जोगाउन अदालतले मात्र सक्छः काँग्रेस नेता रामचन्द्र पौडेल



पहिलोपोस्ट

देशलाई अफगानिस्तान बन्नबाट जोगाउन अदालतले मात्र सक्छः काँग्रेस नेता रामचन्द्र पौडेल

काठमाडौं : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई अफगानिस्तान जस्तै बनाउनबाट अब सर्वोच्च अदालतले मात्र बचाउन सक्ने दावी गरेका छन्। सोमवार तनहुँमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै देश विघटन हुनबाट अदालतलेमात्र बचाउन सक्ने बताएका हुन्।

'मलाई अझै पनि सर्वोच्चव अदातलका न्यामूर्तिहरुमा विश्वास छ। देशलाई विघटन र अफगानिस्तान जस्तो बनाउनबाट रोक्न अदालतका न्यायमूर्तिहरुले मात्र सक्नुहुन्छ। उहाँहरुले यो संविधान राम्रोसँग पढ्नुहोला। यसको मर्म र विविधतालाई बुझेर निर्णय गर्नुहुन्छ भन्ने लागेको छ।'

प्रधानमन्त्री ओलीले संसद विघटन गरेर लोकतन्त्र नै खतरामा परेको समेत आरोप लगाएका थिए। अहिलेको संविधान गए फेरि यस्तो सन्तुलित संविधान नआउने भन्दै चुनावमा जानुको ‌औचित्य नरहेको दावी गरे।

'हामीलाई त चुनाव हुँदा मजै हुन्छ। तर, संविधानको रक्षा नै हुदैन, लोकतन्त्र नै खतरामा पर्छ भने यस्तो क्षणिक मज्जाको के काम?,' नेता पौडेलले भने।

नेता पौडेलले जनताको विश्वास नेपाली काँग्रेमा भएकाले देशलाई विकास र समृद्धिमा नेपाली काँग्रेसले मात्र लग्ने समेत दावी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell