PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

देउवाको निर्देशन : अदालतको विचारधीन केसमा हामी बोल्ने कुरा छैन



पहिलोपोस्ट

देउवाको निर्देशन : अदालतको विचारधीन केसमा हामी बोल्ने कुरा छैन

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको रिट सर्वोच्चमा विचराधीन रहेकाले यसको विरोधमा नबोल्न निर्देशन दिएका छन्।

आज भक्तपुरको क्षेत्र नम्बर १ मा आयोजित विरोधसभालाई सम्बोधन गर्दै देउवाले यस्तो विषयमा नबोल्ने चलन पहिलेदेखि नै रहेको बताएका हुन्।

'अदालतको विचारधीन केसमा हामी बोल्ने कुरा छैन। न यता न उता। अदालतमा धम्की दिने हाम्रो बानी छैन। यो पहिलेदेखिकै चलन हो,' सभापति देउवाले भने, 'सरकारले बदमासी गर्न सक्ला। संसदले बदमासी गर्न सक्ला। तर, न्यायालयमा हुँदैन।'

सर्वोच्चले जस्तोसुकै निर्णय गरे पनि त्यो काँग्रेसले मान्ने उनको भनाई थियो। 'निर्णय हाम्रो पक्षमा होस् या विपक्षमा हामीले मान्नुपर्छ। एउटाको पक्षमा निर्णय हुन्छ। अदालतको निर्णयलाई हामी मान्छौं। यो गर ऊ गर भनेर हामी प्रेसर दिँदैनौ,' देउवाले भने।

संसद विघटन अलोकतान्त्रिक कदम भएको उल्लेख गर्दै यसमा भने विरोध जारी रहने उनको भनाई थियो। देउवाले थपे, 'हामीले अहिले देखि नै देशभरिमा ओलीको असंवैधानिक कदमको विरोधमा आन्दोलन गरिरहनेछौं। भोलिका लागि तयार रहन निर्देशन दिन्छु। फेरि आन्दोलन गर्नुपर्ने हुनसक्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell