PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

थप ६५९ जनामा कोभिड-१९ को संक्रमण, ७ जनाको मृत्यु



पहिलोपोस्ट

थप ६५९ जनामा कोभिड-१९ को संक्रमण, ७ जनाको मृत्यु

काठमाडौं : नेपालमा थप ६५९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा हालसम्म दुई लाख ५८ हजार ८४० जनामा संक्रमण पुष्टि भइसकेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ७ जनाको कोभिड-१९ संक्रमणबाट मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या एक हजार ८३२ पुगेको छ।

त्यस्तै थप ७१८ जना संक्रमित संक्रमण मुक्त भएका छन्। योसँगै संक्रमण मुक्त हुनेको संख्या दुई लाख ५० हजार ५८१ पुगेको छ। हाल नेपालमा ६ हजार ४२७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell