PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

गगनको प्रश्न: ‘जसले वन खान्छ त्यो वन मन्त्री, जसले जग्गा लुकाउँछ त्यो देशको ढुकुटी हेर्ने मान्छे?’



पहिलोपोस्ट

गगनको प्रश्न: ‘जसले वन खान्छ त्यो वन मन्त्री, जसले जग्गा लुकाउँछ त्यो देशको ढुकुटी हेर्ने मान्छे?’

काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले वर्तमान मन्त्रिपरिषद् भ्रष्टाचारजन्य गतिविधिमा संलग्न मान्छेले भरिएको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको मन्त्रिमण्डललाई उनले भ्रष्टाचारका काण्डहरुका नाइकेको घर भन्दै आलोचना गरे।

नवनियुक्त वनमन्त्री प्रेम आलेमगर र बालुवाटार जग्गा प्रकरणमा मुछिएका अर्थमन्त्री विष्णु पौडेलतर्फ संकेत गर्दै थापाले भने, ‘जसले वन खान्छ त्यो वन मन्त्री। जसले सबैभन्दा बढी जग्गा लुकाउँछ त्यो देशको ढुकुटी हेर्ने मान्छे।’

नेपालगंजमा आयोजित कांग्रेसको विरोधसभालाई सम्बोधन गर्दै थापाले भने, ‘यो तीन वर्षमा प्रधानमन्त्रीले एक पछि अर्को अपराध अपराध गर्दै जानुभयो। भ्रष्टाचारको काण्डहरु हेर्नुस् त। आज प्रधानमन्त्री वरिपरिका मान्छेहरु हेर्नुस् त। प्रधानमन्त्रीले बनाएको अर्थमन्त्री हेर्नुस् त। प्रधानमन्त्रीले बनाउनुभएको वनमन्त्री हेर्नुस् त। जसले वन खान्छ त्यो वन मन्त्री। जसले सबैभन्दा बढी जग्गा लुकाउँछ त्यो देशको ढुकुटी हेर्ने मान्छे। एकपछि अर्को काण्ड। जनताका लागि एकरती नसोच्ने सरकार। यस्तो हुँदा कति पटक संसदमा करायौं हामी? केपी ‌ओलीको सरकारमा नेपालमा शासन गर्न अयोग्य सरकार हो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell