PahiloPost

May 14, 2025 | १ जेठ २०८२

सडकमै अखिलको हवन : वाइड बडी स्वाहा! बालुवाटार स्वाहा! पानी जहाज स्वाहा! ७० करोड स्वाहा! लोकतन्त्र स्वाहा!

सडकमै अखिलको हवन : वाइड बडी स्वाहा! बालुवाटार स्वाहा! पानी जहाज स्वाहा! ७० करोड स्वाहा! लोकतन्त्र स्वाहा!

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौंः वाइड बडी स्वाहा! बालुवाटर स्वाहा! पानी जहाज स्वाहा! ७० करोड स्वाहा! लोकतन्त्र स्वाहा! पार्टी स्वाहा!

पिठो र केसरीको रेखीका बीच होमका लागि समिदा तयार नै थियो।

चारैतिर माथिको मन्त्रध्वनी गुन्जयमान थियो। शंख ध्वनी बजाउँदै गेरु बस्त्रमा रहेका केही ब्राहणहरुले होम गरिरहेका थिए। वरिपरि आरती गर्ने समयमा भक्तजनहरु झुम्मिए झै झुम्किएका थिए। कुनै घर, मन्दीरमा लगाएको रुद्रीचण्डी र हवन् थिएन। काठमाडौंको प्रर्दशनीमार्गस्थित बाल्मिकी क्यामपस अगाडिको दृष्य थियो यो।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि गरिएको प्रतीकात्मक विरोधको यो शैली मौलिक देखिन्थ्यो। 

उनीहरुले सडकमा नै होम कुण्ड बनाएर बिरोध गरेका हुन्। बाल्मिकि क्याम्पसमा अध्यानरत विद्यार्थीले विरोध जनाएका हुन्। प्रतिगामी सरकारको असंबैधानिक 'कु' बिरुद्ध स्वाहा कार्यक्रम  भन्दै बिरोध गरिएको थियो। अनेरास्ववीयूले कार्यक्रम आयोजना गरेको हो।



ट्रेन्डिङ पोस्ट

Ncell