PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

‘ओलीले राष्ट्रियसभामा पुर्‍याएर नारायणकाजीलाई हेपे, वामदेवलाई मादलको ताल बनाए’ : गगन थापा



पहिलोपोस्ट

‘ओलीले राष्ट्रियसभामा पुर्‍याएर नारायणकाजीलाई हेपे, वामदेवलाई मादलको ताल बनाए’ : गगन थापा

काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले कम्युनिस्ट सरकारले सुरुदेखि नै संविधान मिच्दै आएको आरोप लगाएका छन्।

संविधानका धारा च्यातेर नारायणकाजी श्रेष्ठ र वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाइएको स्मरण गर्दै थापाले अहिले संसद विघटन गरेर प्रधानमन्त्री केपीले संविधानको उपहास नै गरेको आरोप लगाए।

नेपालगंजमा आयोजित कांग्रेसको विरोधसभालाई सम्बोधन गर्दै थापाले भने, ‘प्रधानमन्त्रीले नारायणकाजीलाई किन हेपे? चुनाव हारेको नारायणकाजीलाई संविधानको धारामा चिरेर, उनेर राष्ट्रियसभा पुर्‍याउनुभयो। यहीँ थिति रहेको वामदेव गौतम दायाँ जाउ कि बायाँ जाउ भनेर मादलको ताल बनाएर राख्या छन्।’

थापाले संसद विघटनलाई सर्वसत्तावादी, अधिनायकवादी र असंवैधानिक कदम भने। प्रधानमन्त्री केपी शर्मा ओलीको यो कदम नेपालमाथि ठूलो षडयन्त्र भएको उनको भनाई छ। थापाले भने, ‘जनताबाट निर्वाचितले संविधान र कानूनले जे गर्न भन्यो त्यसबाहेक केही गर्न पाइँदैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell