PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

नेकपाका दुइटै समूह चुनावी तयारी लागिसके, कांग्रेस अल्मलिने कुरै छैन: नेता साउद



पहिलोपोस्ट

नेकपाका दुइटै समूह चुनावी तयारी लागिसके, कांग्रेस अल्मलिने कुरै छैन: नेता साउद

काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउदले निर्वाचनको तयारीमा लाग्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन्।

कञ्चनपुरको झलारीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता साउदले नेकपाको दुइटै समूह निर्वाचनको तयारीमा लागिसकेको भन्दै कांग्रेस अल्मलिन नहुने उल्लेख गरे।

‘संसद विघटन र मध्यावधि निर्वाचनको निरुपण न्यायालयले गर्ला। नेपाली कांग्रेस संविधानमा विश्वास गर्छ। सर्वोच्च अदालतमा विश्वास गर्छ। अदालतले जे निर्णय दिन्छ त्यसैअनुसार अगाडि बढ्छौं,’ उनले भने, ‘तर हामी चुनावको तयारीमा लाग्नुपर्छ। नेकपाको दुइटै समूह पनि लागिसकेको छ।’

केपी ओली समूहले केन्द्रीय समिति विस्तार गरेर शक्ति प्रदर्शन गर्नु र प्रचण्ड-नेपाल समूहले ७७ जिल्ला र १६५ निर्वाचनमा कार्यक्रम गर्नु पनि चुनावकै तयारी भएको साउदले जिकिर गरे।

‘नेकपाको दुइटै समूह पनि लागिसकेको छ। तयारीका लागि ओली समूहले यही जिल्लामा १५ जनालाई केन्द्रीय सदस्य बनाएको छ। ओली पनि तयारीमा छन्,’ उनले भने, ‘प्रचण्ड र माधवको तयारी पनि छ। ७७ वटै जिल्ला र १६५ निर्वाचन क्षेत्रमा कार्यक्रम गर्छौं भनेका छन्। निर्वाचन क्षेत्रमा कार्यक्रम गर्नु भनेको निर्वाचनको तयारी नभएर के हो? उनीहरु पनि त्यो बाटोमा तयारी गर्दैछन्। त्यसकारण नेपाली कांग्रेसका नेता कार्यकर्ता अल्मिलिने, बरालिने होइन। जनताको बीचमा जानुपर्ने बेला आएको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell