वीरगंजः बार एशोसिएशन पर्सा इकाइको अध्यक्षमा ओमप्रकाश गुप्ताल निर्विरोध भएका छन्। अर्का प्रत्यासी कमलमोहन पोखरेलले उम्मेदवारी फिर्ता लिएपछि गुप्ता निर्विरोध अध्यक्ष चयन भएको प्रमुख निर्वाचन अधिकृत जितेन्द्रप्रसाद कुर्मीले जानकारी दिए।
अध्यक्षमा सहमति भए पनि उपाध्यक्षसहितका केही पदमा भने निर्वाचन हुने भएको छ। पुस १८ गते निर्वाचन हुँदैछ। उपाध्यक्ष, सचिव र कोषाध्यक्ष पदका लागि चुनाव हुने प्रमुख निर्वाचन अधिकृत कुर्मीले बताए।
उपाध्यक्षमा प्रेमकुमार साह र अजयकुमार श्रीवास्तवबीच प्रतिस्पर्धा हुनेछ। यस्तै, सचिवमा राकेशकुमार मल्लिक र रामबलीप्रसाद चौहान र कोषाध्यक्षमा मजमुद्दिन राउत गद्दी र सुनिलकुमार यादवबीच प्रतिस्पर्धा हुनेछ।
सहसचिवमा प्रतिमाकुमारी चौरसियाको एकल उम्मेदवारी परेकोले निर्विरोध चयन भइसकेकी छिन्।
सदस्यहरु पनि निर्विरोध चयन भएका छन्। श्रीरामप्रसाद रौनियार, हरिनारायण कुशवाहा, दिनानाथ प्रसाद, रामनाथ महतो, अञ्जनीकुमार नवीन, श्रीराम राउत कुर्मी, निरजकुमार गुप्ता, जवाहरलाल कलवार, मन्सुरुल हक सिद्धिकी, विनोदकुमार दास, हिरा ठाकुर लोहार, अजयकुमार स्वर्णकार, जुली कर्ण सदस्यमा निर्विरोध चयन भएको कुर्मीले बताए।
पर्सा बारमा ११६ जना सदस्य रहेका छन्।
