PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

बाबुराम भट्टराई र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओबीच भेटवार्ता



पहिलोपोस्ट

बाबुराम भट्टराई र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओबीच भेटवार्ता

काठमाडौंः  नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल राजनीतिक भेटघाटमा व्यस्त छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी विभाजनपछि चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग उपमन्त्री कुओ येचाओसहितको प्रतिनिधिमण्डल आइतबार नेपाल आएको हो।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रतिनिधिमण्डलले भेट गरेको थियो। सोमबार पनि भेटको क्रम जारी छ।

यसैबीच टोलीले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग टोलीले भेट गरेको छ। भट्टराई निवास टोखामा सोमबार साँझ भेटवार्ता भएको हो।  

भेटका क्रममा आपसी सम्बन्धबारे छलफल भएको भट्टराईको सचिवालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell