PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

बराबरीमा रोकियो चेल्सी



पहिलोपोस्ट

बराबरीमा रोकियो चेल्सी

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी एस्टोन भिल्लासँग बराबरीमा रोकिएको छ। स्टामफोर्ड ब्रिजमा भएको खेलमा अग्रता जोगाउन नसक्दा घरेलु टोली एस्टोन भिल्लासँग १-१ को बराबरीमा रोकिएको हो।

खेलमा चेल्सीले अग्रता बनाएको थियो। ओलिभर जिरुको गोलमा खेलको ३४ औं मिनेटमा घरेलु टोली अग्रता बनायो। पहिलो हाफमा चेल्सी एक गोलले अगाडि रह्यो।

दोस्रो हाफमा भने एस्टोन भिल्लाका लागि अनवर अल घाजीले गोल गर्दै खेल बराबरीमा ल्याए। उनले खेलको ५० औं मिनेटमा गरेको गोल पछि दुवै पक्षबाट गोल नहुँदा खेल बराबरीमा रोकियो।

त्यस्तै गएराति नै भएको अर्को खेलमा लेस्टर सिटी र क्रिस्टल प्यालेसले १-१ को बराबरी खेलेका थिए।

बराबरीमा रोकिएसँगै एस्टोन भिल्ला र चेल्सी समान २६ अंकसहित तालिकाको पाँचौं र छैठौ स्थानमा छन् भने २९ अंकसहित लेस्टर सिटी तालिकाको दोस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell