PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

बढुवा भएको खुशीमा एसएसपीले किनेको मिठाइमा मान्छेको नङ !



पहिलोपोस्ट

बढुवा भएको खुशीमा एसएसपीले किनेको मिठाइमा मान्छेको नङ !

काठमाडौं : कमलपोखरी (ल्होत्से चोक)मा रहेको आँगन स्विट्समा छापा मारिएको छ।

मिठाइभित्र मानिसको नङ फेला परेपछि छापा मारिएको हो। रोचक त के भने, मिठाइमा नङ चाहिँ नेपाल प्रहरीका एक एसएसपीले फेला परेका हुन्। हालै डीआइजी सिफारिसमा  भएका एसएसपीले पदोन्नतीको सिफारिस भएको खुशीमा मिठाइ बाड्न आँगनबाट किनेका थिए। उनले घरमा लिएर गएको मिठाइ भित्र नङ भेटियो। 

नङ भेटिएपछि मंगलवार नै महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आँगनमा छापा मारेको हो। त्यस्तै, आँगनमा प्रहरीले मुचुल्का समेत उठाइसकेको छ।

'आज हाम्रो टोलीले मुचुल्का उठाएको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई समेत खबर गरेका छौं,' महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी प्रमेश विष्टले भने।

प्रहरीले आँगनका एक जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell