काठमाडौं: प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत आज सम्पन्न पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशमाथि जित निकालेको छ। दाङको लमहीमा भएको खेलमा सुदुरपश्चितमले ५९ रनको जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो।
टस जितेर ब्याटिङमा उत्रिएको सुदरपश्चिम १९.३ ओभरमा सबैविकेट गुमाएर १०७ रन बनाएको थियो। सुदुरपश्चिमका लागि रेवती धामीले सर्वाधिक २७ रन बनाउँदा कप्तान विन्दु रावलले १३ तथा मञ्जु बोगटीले १० रन जोडिन्। त्यसबाहेकाका ब्याटरहरुले दोहोरो अंकको रन छुन सकेनन्।
बलिङ तर्फ गण्डकीका लागि श्रृष्टि पौडेल र एलिसा लामिछानेले सर्वाधिक तीन ३/३ विकेट लिँदा अञ्जली विश्वकर्मा, कुशुम गोदार र ज्योत्स्निका मरासिनीले समान १/१ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको गण्डकीको ब्याटिङलाई जम्न सकेन। गण्डकीका लागि श्रृष्टि पौडेलले सर्वाधिक ८ रन बनाउँदा अन्य ब्याटर जम्न सकेनन् र निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ४८ रनमा समेटियो।
आज जारी दोस्रो खेलमा बागमती र प्रदेश १ प्रतिस्पर्धा गर्नेछन्। खेलमा प्रदेश १ टस जितेर ब्याटिङमा उत्रिएको छ।
