काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरुद्धमा नेकपाको पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहले आज राजधानीमा भव्य प्रदर्शन गरेको छ। राजधानीका १३ स्थानबाट नेकपाका नेता तथा कार्यकर्ताहरुले जुलुस निकालेका थिए। जुलुस शहर परिक्रमा गरेर भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुँदैछ।
नेकपा पार्टीभित्रको किचलो सम्हाल्न नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए। प्रतिनिधिसभा विघटनसँगै नेकपा विभाजनको प्रष्ट मार्गचित्र कोरिएको थियो। उनको कदमविरुद्ध प्रचण्ड-नेपाल समूह तत्काल आन्दोलनमा उत्रियो।
प्रतिनिधिसभा विघटना असंवैधानिक भन्दै सर्वोच्च अदालतमा मुद्दा विचाराधीन पनि छ। साथै ओली समूह र प्रचण्ड-नेपाल समूह दुवैले आफूलाई आधिकारिक नेकपा बताउँदै आएका छन्। दुवैले निर्वाचन आयोगमा आफ्नो दावेदारी पेश पनि गरिसकेका छन्।
त्यहीबीच पूर्व घोषित कार्यक्रम अन्तर्गत नेकपाको यो समूहले आज शक्ति प्रदर्शन गरेको हो। नेकपाका शीर्ष नेताहरु सहभागी जुलुसमा उल्लेख्य संख्यामा कार्यकर्ताहरुको उपस्थिति छ। हेर्नुस् विरोध र्यालिको दृष्य :

