PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रचण्ड - नेपाल समूहको शक्ति प्रदर्शन : भित्री शहरमा यसरी भयो यातायात प्रभावित

प्रचण्ड - नेपाल समूहको शक्ति प्रदर्शन : भित्री शहरमा यसरी भयो यातायात प्रभावित

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : काठमाडौंको भित्री भागमा नेकपाको आन्दोलनका कारण यातायात प्रभावित भएको छ। ट्राफिक व्यवस्थापन हुन नसक्दा मानिसहरु अलपत्र परेका छन् भने सहज रुपमा सडकमा यात्रा गर्न सक्ने अवस्था छैन।प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेकपाकै प्रचण्ड-माधवकुमार नेपाल समूहले आज प्रदर्शन गरिरहेको छ। उपत्यकाका १३ स्थानबाट जुलुससहित विरोधका कार्यक्रम संचालन भएकाले यातायात पूर्ण रुपमा प्रभावित हुन पुगेको हो। जुलुस भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुँदैछ। आज शक्ति प्रदर्शन गर्ने प्रचण्ड-माधव नेपाल समूहको पूर्ववत कार्यक्रम हो। हिजो मात्रै नेपाली काँग्रेसले सबै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell