PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

केपी ओलीलाई चिन्न सकिएन, उहाँ बयलगाडामै हुनुहुन्छ : अध्यक्ष प्रचण्ड



पहिलोपोस्ट

केपी ओलीलाई चिन्न सकिएन, उहाँ बयलगाडामै हुनुहुन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई चिन्न नसिकएको बताएका छन्।

राजधानीमा आयोजित नेकपा प्रचण्ड-नेपाल समूहको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ओली बयलगाडा सिद्धान्तमै अडिग रहेको उल्लेख गरे।

‘ओली संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र आन्दोलनको पक्षमा थिएनन्,’ प्रचण्डले भने, ‘नेपालमा गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका पुगिन्छ भन्थे। आधीहुरी आयो मान्दिए भन्थे। उहाँले मनले मानेको होइन। उहाँ बयलगाढामै हुनुहुन्छ। समानता विरोधी रहेछन्। सच्चिए होला भन्ठान्यौ। तर होइन। हामीले केपी ओलीलाई बुझ्न सकिएन। यति निर्मम प्रहार कसैले गर्न सकेको छैन। केपी ओली कम्युनिस्ट पार्टीको प्रधानमन्त्रीले यस्तो गर्ला भन्ने कल्पनामा नआउने कुरा हो।’

ओलीले देशलाई भड्खालोमा हाल्न खोजेको प्रचण्डको आरोप छ। ‘कम्युनिस्ट आदर्श मूल्यमान्यता विधि विधानबाट स्खलित भइसकेको, मोहभंग भइसकेको प्रतिनिधि हुनुरहेछ भन्ने देखियो। निरंकुश प्रवृत्ति देखियो। ओली लोकतन्त्रवादी होइन। निरंकुश तानाशाहा हो। देशलाई भड्खालोमा हाल्न खोज्नुभएको छ,’ उनले भने।

आफूले नै वाम गठबन्धन र पार्टी एकताको प्रस्ताव गरेको भन्दै प्रचण्डले प्रतिगमनविरुद्ध यति छिटै आन्दोलनमा आउनुपर्ला भन्ने नसोचेको उल्लेख गरे। ‘३ वर्षपछि केपी ओलीको प्रतिगमनकारी कदमका विरुद्ध सडकमा आउनुपर्ला भनेर सोचेका थिएन। तर विडम्बना सडकमा आउनुपर्‍यो,’ उनले भने, ‘संविधानमाथि कुर निर्मम प्रहार, लोकतन्त्रमाथि कठोर प्रहारविरुद्ध विश्वभरका नेपालीसँग अपिल गर्दछु कि यो लडाई हामी सबैको हो। सत्तरी वर्ष लामो संघर्षको परिणाम संविधान हो। जनताको अगाडि उभिएर ७० वर्षे संर्घषबाट आएको संविधानमाथि प्रहार हुँदा, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भयो भनेर भन्नु पर्दा क्षमायाचना गर्न चाहन्छु।’

ओलीले हुँदै नभएको प्रस्ताव ल्याएर संविधानमाथि घात गर्ने, बलात्कार गर्ने प्रयास गरेको भन्दै प्रचण्डले सदन भंग नभएको दावी गरे। ‘भंग भएको त केपी ओली सरकार हो। संविधान विरोधी काम गरेर आफैलाई विघटन गरेका छन्। जबसम्म ओलीले गल्ती स्वीकार गर्नेछैनन् इतिहासले र नेपालीले माफी र क्षमा दिने छैनन्,’ उनले चेतावनी दिए।

अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले संविधानको मर्म र भावनाको सम्मान गर्ने विश्वास व्यक्त गरे। ‘हामी सबैको आवाज सम्मान गर्नेछ। संविधानको मर्म र भावना नबुझ्ने भनेर सोच्न सक्दैन। सबैको भावना विपरिीत न्यायालय जान सक्छ भन्ने सोच्न सकिन्न। सहि फैसलाका लागि पार्टीमात्र होइन जनताले गरेको सहजीकरण हो भनेर बुझिदिनुपर्‍यो,’ उनले भने।

अध्यक्ष प्रचण्डले यो आन्दोलनको सुरुवात मात्रै भएको उद्घोष गरे। ‘संविधानमाथिको निर्मम प्रहारलाई सच्याउने कोसिस गरिएन भने भोलि आँधी हुरी आउनेछ। नेपाली जनता जागिसकेका छन्। नेपाली जनताले छोड्ने छैन,’ उनले चेतावनी दिए, ‘म प्रतिगमनकारी पक्षलाई खबरदारी गर्न चाहन्छु। समयमै गल्ती सच्याए जनताले माफी दिन सक्छन्। २४० वर्ष पुरानो राजतन्त्र त फालियो भने ओली निरंकुशता जनताले सजिलै बढार्नेछन्।’

ओलीले एक वर्षदेखि नै संविधान र पार्टी विधान मिच्न थालेको प्रचण्डले टिप्पणी गरे। ‘ओली कति निरंकुश छन् भन्ने पार्टी बैठकमै देखियो। उहाँले संविधानमाथि प्रहार गर्न खोजेको गत वैशाखबाट पार्टी विभाजन अध्यादेशबाटै हो,’ उनले भने।

ओलीले जहिल्यै पनि छलछाम र ढाँटेर पार्टी, सत्ता र देश चलाउन खोजेको प्रचण्डको आरोप छ। ‘हामी छोड्ने वाला छैनौं,’ उनले भने। यो आन्दोलन प्रतिगमनकारी कदम नसच्चिएसम्म नरोकिने उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell