PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

बागमतीलाई हराउँदै प्रदेश १ को जित, रुबिना क्षेत्रीको अर्धशतक



पहिलोपोस्ट

बागमतीलाई हराउँदै प्रदेश १ को जित, रुबिना क्षेत्रीको अर्धशतक

काठमाडौं: प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत आज भएको आज भएको दोस्रो खेलमा बागमतीलाई प्रदेश १ ले पराजित गरेको छ। दाङको लमही क्रिकेट मैदानमा भएको खेलमा समूह 'बी'को खेलमा बागमती प्रदेशलाई ४६ रनले हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको छ।

खेलमा टस जितेर ब्याटिङमा उत्रिएको प्रदेश १ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०६ रन बनाएको थियो। प्रदेश १ का लागि कप्तान रुबिना क्षेत्रीले सर्बाधिक ५५ रन बनाउँदा अप्सरी बेगमले अभिजित १६ रन बनाइन्।

बलिङतर्फ बागमतीका लागि आरती बिडारीले २ विकेट लिँदा निशा तामाङ, अस्मिना कर्मचार्य र क्रिस्मा गुरुङले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको बागमती १६.४ ओभरमा सबै विकेट गुमाउँदै ६० रन जोडेर आउट भयो।

बागमतीका लागि कञ्चन श्रेष्ठले १३ रन जोड्दा सुमन खतिवडाले १२ रन जोडिन्। त्यसबाहेकका ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्।

बागमतीलाई सस्तैमा समेट्ने प्रदेश १ की निग्मा तामाङले सर्वाधिक ३ विकेट लिँदा अप्सरी बेगमले २ विकेट तथा निशा शाह, एलिसा खडिया, सबनम राईले १/१ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell