PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

ओली समूहका प्रदेश २ इञ्चार्ज सत्यानारायण मण्डल भन्छन्, 'प्रधानमन्त्रीको बाध्यता जनताले बुझिसके, माफी मागेर चुनावमा भोट माग्छौं'



राधेश्याम पटेल

ओली समूहका प्रदेश २ इञ्चार्ज सत्यानारायण मण्डल भन्छन्, 'प्रधानमन्त्रीको बाध्यता जनताले बुझिसके, माफी मागेर चुनावमा भोट माग्छौं'

वीरगंजः प्रधानमन्त्री केपी शर्मा ओली समूहका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश २ का इञ्चार्ज सत्यनारायण मण्डलले जनतासँग माफी मागेर भए पनि अगामी चुनावमा भोट माग्ने बताएका छन्। पर्सामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मण्डलले आन्तरिक कलहले पार्टी विभाजन भएको र जनमतको कदर हुन नसकेकोमा माफी मागेर मत माग्ने बताए।

‘केही स्वार्थी नेताहरुको कारण पार्टी फुटेको छ। प्रधानमन्त्रीले संसद् विघटन गरी कित्ता क्लियर गर्नुभएको छ,’ उनले भने, ‘आफनै सरकारका व्यक्तिलाई काम गर्ने वातावरण नबनाउने सदैव पेलेर जाने अवस्थापछि संसद् विघटन गरी चुनावको मिति तय भएको हो। संसद् विघटन गर्नु प्रधानमन्त्रीको रहर नभई बाध्यता भएकोले यसलाई मतदाताले पनि बुझिसकेका छन्।'

यस्तै ओली पक्षले बुधबारबाट प्रदेश २ स्तरीय अगुवा कार्याकर्ता भेला आयोजना पनि गरेको छ। भेलामा आठै जिल्लाका करिब पाँच सयभन्दा बढी नेता कार्यकर्ता सहभागी हुने उनले बताए।

भेलामा पार्टीका महासचिव विष्णु पौडेल, नेताहरु रघुवीर महासेठ, प्रदेश २ संयोजक तथा शहरी विकासमन्त्री प्रभु साहलगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell