PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

नक्कली तिलको तेल उद्योगमा प्रहरीको छापा, सञ्चालकसहित दुई जना पक्राउ



पहिलोपोस्ट

नक्कली तिलको तेल उद्योगमा प्रहरीको छापा, सञ्चालकसहित दुई जना पक्राउ

वीरगंजः नक्कली तिलको तेल उत्पादन गरी विभिन्न लेबलमा बिक्री गर्ने दुई उद्योगमा प्रहरीले छापा मारेको छ। वीरगंज महानगरपालिका ३ छपकैयामा रहेको शिवशक्ति रिप्याकिङ उद्योग र त्रिदेव रिप्याकिङ उद्योगमा प्रहरीले मंगलबार साँझ ५ बजेतिर छापा मारेको हो।

वनस्पति घ्यू खरिद गरी ल्याएर त्यसमा तिलको सुगन्ध मिसाइ अर्को बोतलमा रिप्याकिङ गरी बिक्री गर्ने गरेको प्रहरीमा उजुरी परेपछि छापा मारिएको प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।

छापाका क्रममा प्रहरीले शिवशक्तिका सञ्चालक दिपककुमार वर्णवाल र त्रिदेवका एक जना कामदारलाई नियन्त्राण्मा लिएको छ। दुबै उद्योग नजिकै सञ्चालनमा छन्।

त्रिदेवका सञ्चालक चन्द्रदेव वर्णवाल भने फरार रहेको प्रहरीले जनाएको छ। प्रहरीले दुई उद्योगबाट त्रिउपकार, पूजा आयललगायतका ब्रान्डका तेल तथा दुई ट्रक वनस्पति घ्यू बरामद गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell