PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

संघर्षपूर्ण जित निकाल्दै म्यानचेस्टर युनाइटेड शीर्ष दुईमा



पहिलोपोस्ट

संघर्षपूर्ण जित निकाल्दै म्यानचेस्टर युनाइटेड शीर्ष दुईमा

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्टनमाथि संघर्षपूर्ण जित निकालेको छ। ओल्ड ट्राफोड स्टेडियममा भएको खेलमा घरेलु टोली युनाइइटेडले वुल्भ्समाथि १-० को साँघुरो जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा घरेलु टोलीका लागि मार्कस रासफोर्डले अतिरिक्त समयमा ब्रुनो फर्नान्डेजको पासमा निर्णायक गोल गरेका थिए।

त्यस्तै गएराति नै भएको अर्को खेलमा लिड्स युनाइटेडले वेस्ट ब्रुममाथि ५-० को सानदार जित निकाल्दै साउथह्याम्टन र वेस्टहम गोलरहित बराबरी रोकिएका थिए।

जितसँगै १५ खेलबाट ३० अंक जोडेको म्यानचेस्टर युनाइटेड अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुलको ३२ अंक छ। त्यस्तै २३ अंक जोडेको लिड्स ११ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell