PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

घरेलु मैदानमा बराबरीमा रोकियो बार्सिलोना



पहिलोपोस्ट

घरेलु मैदानमा बराबरीमा रोकियो बार्सिलोना

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना आइबरसँग बराबरीमा रोकिएको छ। क्याम्प नाउमा भएको खेलमा घरेलु टोली बार्सिलोना १-१ को बराबरीमा रोकिएको हो।

खेलमा लियोनल मेस्सी चोटका कारण मैदानमा उत्रिएनन्। बार्सलोनाले खेलको ८ औं मिनेटमा पेनाल्टीको अवसर पाएको थियो यद्यपि मार्टिन ब्रेथवेट त्यसमा चुक्न पुगे। र, पहिलो हाफ गोलरहित बराबरीमा रोकियो।

दोस्रो हाफमा किकेले आइबरका लागि अग्रता बनाए। उनले खेलको ५७ औं मिनेटमा गोल गरेका थिए। त्यसको दश मिनेटमा बार्सिलोनाका ओस्मान डेम्बेलेले गोल गर्दै खेल बराबरीमा ल्याए। र, त्यसपछि दुबै तर्फबाट गोल नहुँदा खेल १-१ को बराबरीमा टुंगियो।

त्यस्तै गएराति नै भएको अर्को खेलमा सेभियाले भिल्लारियललाई २-० ले हराएको थियो।

बराबरीमा रोकिएसँगै बार्सिलोना २५ अंकसहित तालिकाको छैटौं स्थानमा छ। त्यस्तै २६ अंक जोड्दै सेभिया तालिकाको चौथो स्थानमा पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell