PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

आर्सनलको संघर्षपूर्ण जित



पहिलोपोस्ट

आर्सनलको संघर्षपूर्ण जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा खेलमा आर्सनलले ब्राइटोनमाथि जित निकालेको छ। फाल्मेर स्टेडियममा भएको खेलमा आर्सनलले घरेलु टोलीमाथि १-० को जित निकालेको हो।

आर्सनलको जितमा अलेक्जेन्ड्रे लकाजेटले निर्णायक गोल गरेका थिए। पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलमा उनले ६६ औं मिनेटमा बुकायो साकाको पासमा पासमा गोल गरेका थिए।

त्यस्तै गएराति नै भएको अर्को खेलमा बर्नलीले सेफिल्ड युनाइटेडलाई हराउँदा म्यानचेस्टर युनाइटेडले वुल्भ्सलाई हराएको थियो।

जितसँगै १६ खेलबाट २० अंक जोडेको आर्सनल तालिकाको १३ औं स्थानमा उक्लिएको छ। त्यस्तै १३ अंक जोडेको ब्राइटोन १७ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell