PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

अस्पतालमा बेवारिसे वृद्धको मृत्यु, 'सामाजिक संस्थाले सडकपेटीबाट उठाएर ल्याए, उपचारपछि लगेनन्'



राधेश्याम पटेल

अस्पतालमा बेवारिसे वृद्धको मृत्यु, 'सामाजिक संस्थाले सडकपेटीबाट उठाएर ल्याए, उपचारपछि लगेनन्'

वीरगंज : नारायणी अस्पतालमा उपचाररत एक जना बेवारिसे वृद्धको मृत्यु भएको छ। उपचारको क्रममा सोमवार बिहान साढे ८ बजे ती वृद्धको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

अस्पताल व्यवस्थापन पक्षको लापारवाहीको कारण उनको मृत्यु भएको बताइएको छ। कोरोना महामारी वीरगंजमा शुरु भएको गत चैतदेखि नै उनको उपचार भइरहेको थियो। बेडसोरका रोगी उनको खुट्टमा समस्या भएकोले हिडडुल गर्न सक्दैन्थे। ढाडमुनी घाउ र खुट्टमा पनि घाउ भएकोले उनी २४ घण्टा ओछयानमै परिरहन्थे। वृद्धको चिसो र घाउको इन्फेक्सको कारण मृत्यु बताइएको छ।

हाल उनको शव अस्पतालको शव गृहमा राखिएको छ। यस विषयमा अस्पतालका मेसु डा. सन्जय ठाकुरले समाजिक संस्थाले सडकपेटीबाट जोकसैलाई उपचारको लागि ल्याइदिने र उपचार भइसकेपछि फिर्ता नलैजाने गरेकाले यस्तो भएको प्रतिक्रिया दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell