PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रचण्ड-नेपाल समूहले मुख्यमन्त्री पौडेललाई संसदीय दलको नेताबाट हटायो, नयाँ नेतामा शाक्य चयन



प्रकाश भण्डारी

प्रचण्ड-नेपाल समूहले मुख्यमन्त्री पौडेललाई संसदीय दलको नेताबाट हटायो, नयाँ नेतामा शाक्य चयन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहले वागमती प्रदेशको संसदीय दलको नेताबाट डोरमणि पौडेललाई हटाएको छ। बुधवार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको वागमती प्रदेशको संसदीय दलको बैठकले दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको हो। 

शाक्यको अध्यक्षतामा बसेको प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्री पौडेलले ३० सांसदलाई सोधेको स्पष्टिकरण एकमुस्ट दिने निर्णय गरेको छ। 

प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध नेकपाका सांसदहरुले नै अविश्वासको प्रस्ताव दर्ता गराए पछि पौडेलले स्पष्टिकरण सोधेका थिए। 'संसदीय दलको नेता नरहेकाले तपाईँसँग स्पष्टिकरण सोध्ने हैसियत छैन। तपाईँ प्रति मुख्यमन्त्रीको रुपमा हाम्रो विश्वास पनि छैन' भन्ने उल्लेख गरी स्पष्टिकरण पठाइने ती सदस्यले बताए। 

अविश्वासको प्रस्ताव दर्ता गर्दा शाक्यलाई मुख्यमन्त्रीका लागि प्रस्ताव गरिएको थियो। 

११० सदस्यीय प्रदेशसभामा नेकपाका ८१ सांसद छन् । तीमध्ये ४५ जना अष्टलक्ष्मी शाक्यको पक्षमा रहेको बताइएको छ। यसैबीच सरकार गठनका लागि यो समूहले नेपाली कांग्रेसँग छलफल सुरु गरेको जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell