PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

पेरिसडाँडाबाट ओलीलाई झलनाथको प्रश्न: बालुवाटारको चुल्होमा ग्यास पाइप पुग्यो की पुगेन?



प्रकाश भण्डारी

पेरिसडाँडाबाट ओलीलाई झलनाथको प्रश्न: बालुवाटारको चुल्होमा ग्यास पाइप पुग्यो की पुगेन?

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद खाइहाले पनि पर्टी फोड्न नसक्न्ने बताएका छन्। 

नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले दल सम्दन्धी ऐनले पार्टी फोड्न छुट नदिएको उनले बताए। 

'अहिलेको भडकाउ दक्षिणपन्थि भडकाउँ हो। केपी ओलीले पहिलै गुटबन्दि गरेका थिए त्यसलाई बिलिन गर्न सकिएन,' उनले अगाडि भने, 'योजना आयोगमा आफ्ना मान्छे राखेर ओलीले समाजबाद अनुसारको योजना बनाएनन्। सडक बनाउनु मात्र समाजबाद होइन। सडक त राणाकालमा पनि बनेको थियो।' 

ओलीले उखान टुक्का हाल्न मात्र जानेको नेता खनालको भनाइ थियो। घरघरमा ग्यासको पाइप पुर्‍याउने भन्दै गफ दिएको उनको आरोप थियो। 'बालुवाटरमा पनि ग्याँस चुल्हो छ कि छैन खै? केपी ओलिले गफ मात्र दिए। जथाभावि बोलेर तीन बर्ष बिताउनुभो। मान्छेलाई चक्मा दिनु भो,' उनले अगाडि भने, 'केपी ओलीलाई राष्ट्रलाई उथल पुथल पार्ने अवसर थियो तर उहाँले गुमाउनु भो।'
 
उनले 'सुखी नेपाली समृद्ध नेपाल' को नारा नौं महाधिवेशनमा आफूले दिएको भन्दै ओलीले नारा पनि दिन नसकेको आरोप लगाए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell