PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

प्रचण्डपत्नी अस्पताल भर्ना भएपछि नेकपा प्रचण्ड माधव समूहको स्थायी कमिटी बैठक स्थगित



पहिलोपोस्ट

प्रचण्डपत्नी अस्पताल भर्ना भएपछि नेकपा प्रचण्ड माधव समूहको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहको स्थायी कमिटीको बैठक स्थगित भएको छ।

अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालको स्वास्थ्य अवस्था विग्रिएपछि बैठक स्थगित भएको हो। उनलाई आकस्मिक रुपमा मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। पत्नीलाई अस्पताल भर्ना गरिएपछि प्रचण्ड पनि अस्पताल पुगेका छन्।

अध्यक्ष उपस्थित नहुने भएपछि स्थायी कमिटीको बैठक स्थगित भएको हो। आजको स्थायी कमिटी बैठकले दोस्रो चरणको संघर्षको कार्यक्रम तय गर्ने बताइएको थियो।

कार्यक्रम शुरु अगावै पेरिसडाँडाबाट प्रचण्ड तनावमा देखिएका थिए। उनी केही बेरमा पेरिसडाँडाबाट बाहिरिएका थिए। प्रचण्डपत्नी अस्पताल भर्ना भएसँगै आन्दोलनका थप कार्यक्रम घोषणा पनि स्थगित भएको छ।

बिहान ११ बजे शुरु भएको अखिल नेपाल महिला संघको वृहत भेलामा प्रचण्ड र नेपाल दुबैले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो। भेलालाई झलनाथ खनालले मात्र सम्बोधन गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell