PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

बागमतीको पहिलो जित, गण्डकीको दोस्रो हार



पहिलोपोस्ट

बागमतीको पहिलो जित, गण्डकीको दोस्रो हार

काठमाडौं: प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत आज भएको दोस्रो खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशमाथि जित निकालेको छ। दाङको लमही क्रिकेट मैदानमा भएको खेलमा बागमतीले ६५ रनको जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५३ रन बनाएको थियो। जसका लागि बिन्दा कटवालले सर्वाधिक ३८ रन बनाउँदा सुमन खतिवडाले ३१ रन बनाइन्। त्यस्तै त्यस्तै कञ्चन श्रेष्ठले २७ र आरती बिडारीले अभिजित १० रन जोडिन्।

बलिङतर्फ गण्डकीकी एलिसा लामिछानेल २ विकेट लिइन्।

जवाफी ब्याटिङमा उत्रिएको गण्डकीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ८८ रनमा सीमित भयो। जसमा श्रृष्टी पौडेलले ३० रन र शिला क्षेत्रीले २६ रन बनाइन्।

गण्डकीलाई लक्ष्यसम्म पुग्न नदिन अस्मिना कर्माचार्य, सुमन खतिवडा, आरती बिडारी र निशा तामाङले १/१ विकेट लिए।

प्रतियोगितामा समान २ खेल खेलेका यी टोलीमध्ये बागमतीको यो पहिलो जित हो भने गण्डकीको दोस्रो हार हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell