PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

भारतीय ट्रक र आयल निगमको ट्यांकर एक आपसमा जुध्दा दुवै चालकको मृत्यु



पहिलोपोस्ट

भारतीय ट्रक र आयल निगमको ट्यांकर एक आपसमा जुध्दा दुवै चालकको मृत्यु

जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ९ धारापानीस्थित मालटोलमा भारतीय ट्रक र ईन्धन बोक्ने ट्यांकर एक आपसमा जुध्दा २ जनाको मृत्यु भएको छ।

पूर्व-पश्चिम राजमार्गमा पर्ने मालटोलस्थित घुमाउरो बाटोमा पश्चिमबाट पूर्वतिर जाँदै गरेको ना ४ च ९३१७ नम्बरको पिकअप बोलेरोलाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बीआर ०६ जीडी ८८५९ नम्बरको भारतीय ट्रकले ठक्कर दिएको थियो। सोही क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख २३३८ नम्बरको डिजेल बोकेको ट्यांकर भारतीय ट्रकमा ठोक्किएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।

दुर्घटनामा परी ट्यांकर चालक प्रदेश नम्बर १ मोरङको विराटनगर वडा नम्बर ४ बस्ने वर्ष ३६ को अर्जुन कुमार मण्डल र भारतीय ट्रक चालक २० वर्षीय रंगीला कुमारको मृत्यु भएको हो। टाउकोमा गम्भिर चोट लागेका अर्जुन कुमार मण्डललाई प्रादेशिक अस्पाल जनकपुर लैजादै गर्दा बाटोमा मृत्यू भएको छ। दुर्घटनामा ट्यांकरका सह-चालक विराटनगर वडा नम्बर ४ बस्ने धनराज यादव गम्भिर घाइते भएकोमा उनलाई थप उपचारको लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ।

भारतीय ट्रकका सह-चालकको अवस्था समेत गम्भिर रहेको प्रहरीले जनाएको छ। उनको उपचार हाल प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell