PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

अझै निर्वाध रुपमा सञ्चालन हुन सकेनन् खेलकुद गतिविधि, ‘खेलाडीका लागि अभ्यास जरुरी छ’



पहिलोपोस्ट

अझै निर्वाध रुपमा सञ्चालन हुन सकेनन् खेलकुद गतिविधि, ‘खेलाडीका लागि अभ्यास जरुरी छ’

काठमाडौं : कोभिड-१९ का कारण रोकिएको खेलकुद गतिविधि छिटफुट बाहेक अझै चल्न सकेको छैन। खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्ले खेल फर्काउन औपचारिक रुपमा निवेदन नगरे पनि खेलकुद गतिविधि सञ्चालन भइरहेका छन्। खेलाडीदेखि खेलसँग आबद्ध पदाधिकारी खेल निर्वाध रुपमा फर्काउन आवज उठाइरहे छन्।

छिटफुट रुपमा अहिले खेलकुद गतिविधि सञ्चालन हुन थालेका छन्। फुटबलदेखि क्रिकेटका खेलाडीले पुरानो लयमा फर्किन अभ्यास थाल्दा अन्य व्यक्तिगत विधाका खेलाडी पनि जुरमुराइसकेका छन्। ब्याडमिन्टनका केही प्रतियोगिता सञ्चालन पनि भइसकेका छन्।

भर्चुअल रुपमा केही प्रतियोगिता शुरु भएपनि कोभिड अगाडिको लय खेलकुदमा अझै देखिएको छैन। खेलकुद गतिविधिलाई निर्वाद रुपमा सञ्चालन गर्न राष्ट्रिय खेलकुद परिषद् तयार भएको उपाध्यक्ष शिव कोइरालाले बताए। फुटबल, क्रिकेट लगायतका संघहरुलाई खेललाई नियमित बनाउन निर्देशन दिइसकेको पनि उपाध्यक्ष कोइरालाले बताए।

खेलकुद गतिविधि कोरोना महामारीका कारण स्थगित गर्न नहुने भन्दै उपाध्यक्ष कोइरालाले खेलाडी पनि मानसिक रुपमा तयार हुन पर्ने बताए। खेलकुद गतिविधि स्वास्थ्यको हिसाब राम्रो भएको र कोरोना परास्त गर्ने अस्त्रको रुपमा सबैले प्रचार प्रसार गर्नु पर्ने तर्क राखे।

सामान्य तरिकाले खेलकुद सञ्चालनमा आए पनि सहज तरिकाले अगाडि बढ्न खेलाडीलाई अभ्यासको जरुरी हुन्छ। काठमाडौंमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा दुई स्वर्ण पदक हात पारेका कराँतेका खेलाडी मन्डेकाजी श्रेष्ठले खेलाडीका लागि अभ्यास जरुरी हुने बताए।

अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउने खेलकुद गतिविधि प्रशिक्षण सञ्चालन भइसेका छन्। तर घरेलु प्रतियोगिता सञ्चालन गर्नेमा भने अझै अन्योल देखिएको छ। -न्युज एजेन्सी नेपाल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell