PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

प्रधानमन्त्री ओलीको प्रचण्डलाई फोनः सीताको स्वास्थ्यबारे लिए जानकारी, पौडेल र नेम्वाङ पुगे अस्पताल



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीको प्रचण्डलाई फोनः सीताको स्वास्थ्यबारे लिए जानकारी, पौडेल र नेम्वाङ पुगे अस्पताल
फाइल फोटो

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्यलाभको कामना गरेका छन्। प्रचण्डलाई फोन गरेर ओलीले सीताको स्वास्थ्यलाभको कामना गरेका हुन्।  प्रचण्ड ओली पछिल्ला दिनमा एकअर्काविरुद्ध सार्वजनिक मञ्चबाटै आरोप प्रत्यारोप गरिरहेका छन्। 

ओली निकट रहेका नेकपा स्थायी समिति सदस्य सुवास नेम्वाङका अनुसार प्रचण्डलाई फोन गरेर ओलीले स्वास्थ्यलाभको कामना गरेका हुन्। साथै आफू र महासचिव विष्णु पौडेललाई प्रतिनिधिका रुपमा अस्पताल पठाएका छन्। 

प्रतिनिधिका रुपमा नेम्वाङ र पौडेल मेडिसिटी अस्पताल पुगेका छन्। 

‘प्रधानमन्त्रीले अध्यक्ष प्रचण्डलाई फोन गर्नुभयो। स्वास्थ्यबारे जानकारी लिनुभयो। स्वास्थ्य जटिल छ भन्ने थाहा भएपछि उहाँले मलाई र विष्णु पौडेललाई अस्पताल पठाउनु भयो प्रतिनिधिका रुपमा। हामीले मेडिसिटीमा पुगेर स्वास्थ्यलाभको कामन गरेका छौं’, नेम्वाङले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell