PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

गोलरहित बराबरीमा रोकियो लिभरपुल



पहिलोपोस्ट

गोलरहित बराबरीमा रोकियो लिभरपुल

इङ्ग्लिस प्रिमियर लिग अन्तरगत गएराति भएको खेलमा लिभरपुल न्युक्यासलसँग बराबरीमा रोकिएको छ। सेन्ट जेम्स पार्कमा भएको खेलमा लिभरपुल घरेलु टोलीसँग बराबरीमा रोकिएको हो।

खेलमा लिभरपुलले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखे पनि गोल गर्न चुक्यो। मोहम्मद सलाह दुई वटा अहम् मौकामा चुकेका थिए भने ८० औं मिनेटमा पाएको राम्रो अवसरमा साडियो मानेले रोबर्टसनको पासमा पाएको बलमा नियन्त्रण गुमाउन पुगे।

‘शीर्ष स्थानमा रहनु राम्रो हो तर यो सबैथोक होइन,’ बराबरीमा रोकिएपछि लिभरपुलका प्रसिक्षक योर्गेन क्लोपले भने, ‘हामीले चाहेको नतिजा निकाल्न सकेनौ तर यो संसारकै सबैभन्दा नराम्रो कुरा भन्नेचाहिँ होइन, यहाँ यो भन्दा पनि खराब कुराहरु भइरहेका छन्।’

बराबरीका बावजुत लिभरपुलले तालिकाको शीर्षस्थानमा रहँदै २०२० को अन्त्य गरेको छ। शीर्षस्थानमा रहेको लिभरपुलले १६ खेलबाट ३३ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको १५ खेलबाट ३० अंक छ। त्यस्तै बराबरीसँगै न्यु क्यासल १९ अंकसहित १४ औं स्थानमा उक्लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell