PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

पीएम कप क्रिकेटमा आज दुई खेल: सुदूरपश्चिमसँग बागमती र गण्डकीसँग प्रदेश १ भिड्ने



पहिलोपोस्ट

पीएम कप क्रिकेटमा आज दुई खेल: सुदूरपश्चिमसँग बागमती र गण्डकीसँग प्रदेश १ भिड्ने

काठमाडौं: प्रधानमन्त्री कप महिला क्रिकेटमा आज दुई खेल हुँदैछन्। दाङको लमही क्रिकेट मैदानमा जारी प्रतियोगितामा आजको पहिलो खेलमा सुदूरपश्चिम प्रदेश र बागमती भिड्ने छन् भने दोस्रो खेलमा प्रदेश १ र गण्डकी प्रदेश भिड्ने छन्।

पहिलो खेल बिहान ९ बजे र दोस्रो खेल दिउँसो १ बजे सुरु हुनेछ। समूह बी मा रहेका यी टिम मध्ये प्रदेश एकले आफ्ना पछिल्ला दुई खेलमा दुबै जित निकालेको थियो भने बागमती र सुदूरपश्चिमले समान १ जित र १ हार ब्यहोरेका छन्। त्यस्तै गण्डकी प्रदेश दुबै खेलमा पराजित भएको थियो।

प्रतियोगितामा ८ वटा टिमलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा शसस्त्र प्रहरीको एपीएफ, प्रदेश २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश रहेका छन्। त्यस्तै समूह ‘बी’ मा सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ छन्।

१८ गते समूह 'ए' को विजेता र समूह 'बी' को उपविजेताबीच र समूह 'बी' को उपविजेता र समूह 'ए' को विजेताबीच सेमिफाइनल खेल हुनेछ। त्यस्तै १९ गते खेल हुने छैन भने १९ गते फाइनल खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell