PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

लुम्बिनी चिनी मिलका संचालक अग्रवाल समातिए



पहिलोपोस्ट

लुम्बिनी चिनी मिलका संचालक अग्रवाल समातिए

काठमाडौंः लुम्बिनी चिनी मिलका संचालक पक्राउ परेका छन्।

उखु किसानलाई भुक्तानी नदिएको अभियोगमा संचालक मनोज अग्रवाललाई नियन्त्रणमा लिएको हो।

महानगरीय अपराध महाशाखाको टोलीले पर्सा प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको महाशाखाका एसपी इश्वर कार्कीले जानकारी दिए। 'उजुरीको आधारमा हामीले नियन्त्रणमा लिएका हौं,' एसपी कार्कीले भने।

१७ करोड रुपैयाँ उखु किसानलाई भुक्तानी गर्न बाँकी रहेको प्रारम्भीक रुपमा देखिएको छ। गृह मन्त्रालयले समयमा नै उखु किसानको रकम भुक्तानी नगर्ने चिनी मिल संचालकलाई कारबाही गर्न निर्देशन दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell