PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

प्रतिनिधिसभा विघटनविरुद्ध परामर्शमा सभामुख सापकोटा, भन्छन्, 'प्रमलाई विघटनको अधिकार छैन'



पहिलोपोस्ट

प्रतिनिधिसभा विघटनविरुद्ध परामर्शमा सभामुख सापकोटा, भन्छन्, 'प्रमलाई विघटनको अधिकार छैन'

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले संविधानको रक्षाका लागि आफ्नो भूमिकाबारे सबै पक्षसँग परामर्श लिइरहेको बताएका छन्। 

बिहीबार विभिन्न पार्टी सम्बद्ध महिलासंघका संयुक्त टोलीको ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको दोहोर्‍याए। उनले यस सम्बन्धमा आफूले यस अघि नै विज्ञप्ती निकालीसकेको र संविधानको रक्षाका लागि आफ्नो भूमिका बारे परामर्श लिइरहेको बताएका हुन्। 

सभामुख सापकोटाले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानले नदिएको विषयलाई समावेस गरेर अदालतमा उत्तर दिन लागेको समेत बताए। सभामुख सापकोटाले संविधानको रक्षा, देश र जनताको हितमा सँधै समर्पित भएर काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे। 

महिला संगठनहरुले बुझाएको ध्यानाकर्षण पत्रमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम चालेर देश र नेपाली जनतालाई अनिश्चितकालिन अन्धकारको सुरुङ भित्र धकेलिदिएको उल्लेख छ। उनीहरुले प्रतिनिधि सभा विघटनको घोषणा खारेज हुनुपर्ने माग समेत गरेका छन्। प्रतिनिधि सभालाई पुनरस्थापना गर्न नसके अब बन्ने कुनैपनि प्रधानमन्त्रीले आफ्नो निजी स्वार्थ पुरा गर्न बारम्बार प्रतिनिधि सभा विघटन गर्ने नजीर रहने भन्दै महिला संगठनहरुले चिन्ता व्यक्त गरेका छन्। 

ज्ञापनपत्र बुझाउनेहरुमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूह सम्बद्ध अखिल नेपाल महिला संघ, जनता समाजवादी सम्बद्ध समाजवादी महिला संघ, राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघ, विवेकशिल साझा पार्टी निकट विवेकशिल साझा महिला रहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell