PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

७ रनमै अलआउट हुँदा गण्डकीको लज्जास्पद हार, प्रदेश १ समूह विजेता बन्दै सेमिफाइनलमा



पहिलोपोस्ट

७ रनमै अलआउट हुँदा गण्डकीको लज्जास्पद हार, प्रदेश १ समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं: प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत आज भएको दोस्रो खेलमा गण्डकीले लज्जास्पद हार ब्यहोरेको छ। दाङको लमही क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ ले गण्डकीमाथि १ सय ४० रनको फराकिलो जित निकाल्यो।

टस जितेर ब्याटिङमा उत्रिएको प्रदेश १ का लागि काजोल श्रेष्ठले ५२ र रोमा थापाले ५१ रन अभिजित जोड्दै अर्धशतकीय पारी खेले।

जवाफी ब्याटिङमा उत्रिएको गण्डकीको ब्याटिङ चलेन। गण्डकीका कुशुम गोदर र सोनिया थापाले समान २/२ रन लिँदा अरु सबै ब्याटर शुन्य रनमै पभेलियन फर्किए। त्यस्तै अतिरिक्त ३ रनको सहायतामा गण्डकी प्रदेशले ८ ओभर सकिँदा ७ रन बनाएर अलआउट भयो।

गण्डकीको ब्याटिङ चल्न नदिन प्रदेश १ की संगिता राईले ५ विकेट लिँदा सबनम राईले ४ विकेट लिए।

योसँगै प्रदेश एक समूह बी को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने सुदूरपश्चिम प्रदेश उपविजेता हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ।

अब १८ गते समूह 'ए' को विजेता र समूह 'बी' को उपविजेताबीच र समूह 'बी' को उपविजेता र समूह 'ए' को विजेताबीच सेमिफाइनल खेल हुनेछ। त्यस्तै १९ गते खेल हुने छैन भने १९ गते फाइनल खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell