PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

भारतीय राजदूतले भेटे नवनियुक्त स्वास्थ्यमन्त्री त्रिपाठी, कोरोना खोप सहयोगबारे छलफल



पहिलोपोस्ट

भारतीय राजदूतले भेटे नवनियुक्त स्वास्थ्यमन्त्री त्रिपाठी, कोरोना खोप सहयोगबारे छलफल

काठमाडौं: नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीसँग भेटवार्ता गरेका छन्।

विहीवार सिंहदरवारस्थित मन्त्रालयमा भएको भेटमा कोभिड महामारीविरुद्ध लड्न सहकार्य गर्ने र विकसित हुने चरणमा रहेको भारतीय खोप उपलब्ध गराउने विषयमा छलफल भएको भारतीय दूतावासले जनाएको छ।

भेटमा राजदूतले नयाँ जिम्मेवारीका लागि मन्त्री त्रिपाठीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए।

कोरोना महामारीविरुद्ध लड्न भारतले नेपाललाई सहयोग गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell