PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

खेलकुद सञ्चालनको माहोल बन्दै गर्दा अझै तातेन भलिबल संघ



पहिलोपोस्ट

खेलकुद सञ्चालनको माहोल बन्दै गर्दा अझै तातेन भलिबल संघ

काठमाडौं: राष्ट्रिय खेलको भलिबलको क्रेज नेपालमा कम छैन। अझ नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा त भलिबलले राम्रै चर्चा पायो। त्यसमा पनि तुलनात्मक रुपमा महिला टोलीको प्रदर्शनले राम्रो प्रशंसा पनि पायो। उक्त प्रतियोगितामा महिला टोली उपविजेतामा खुम्चिन बाध्य बन्यो भने पुरुष टोली सुरुआती चरणबाट नै बाहिरियो।

लगत्तै कोभिडले विश्व थलिएसँगै खेलकुदपनि त्यसको मारमा पर्‍यो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता तय भएको तालिकामा हुन नसक्दा केही महाकुम्भ खेल मेला पनि सरे। तर चलायमान भइराख्नु पर्ने खेलकुद क्षेत्र अन्तर्राष्ट्रिय स्तरमा जुर्मुराउँदा नेपालमा भने त्यसको लागि अझै उचित वातावरण बनिसकेको छैन।

कम भौतिक पूर्वाधार र पूरा गर्नु पर्ने स्वास्थ प्रोटोकलका कारण खेलकुद स्थगित हुँदै गए।
पछिल्लो समय भने खेलकुद गतिविधि विस्तारै तंग्रिन थालेका छन्। तर सबै खेलहरुको अभ्याससमेत सञ्चालन हुन सकेका छैनन् जबकी केही प्रतियोगिताहरुले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि भएर आइसके भने केही संघले राष्ट्रिय प्रतियोगिता गराइरहेका छन्।

तर, केही संघले भने प्राविधिक हिसाबमा संघले गर्नु पर्ने जिम्मेवारी पूरा गर्न सकेका छैनन् भने तालिकाका केही प्रतियोगितामा पनि आयोजना हुन सकेका छैनन् । राष्ट्रिय खेल भलिबल भन्दै चर्को भाषण गरे पनि अझै सम्म भलिबल संघले कुनै प्रतियोगिताको तालिका तय गर्न सकेको छैन।

कोभिड महामारी भएको पनि वर्ष दिन वितिसकेको छ। गत चैत यता नेपालमा भलिबल गतिविधि प्राय ठप्प छन्। अहिले सरकारी तवरबाट खेलाडीलाई खेलमा फर्काउनका लागि अनौपचारिक रुपमा अनुमति दिए पनि भलिबल संघले कुनै पनि गतिविधि तर्जुमा गर्न सकेको छैन। किन नसकेको त भन्ने जिज्ञासामा महासचिव चन्दले आर्थिक विषय मुख्य पाटो भएको बताए।

दक्षिण एसियाली खेलकुद (साग) मा महिला टोलीले गरेको प्रदर्शनलाई लिएर भलिबल संघ दंग देखिन्छ। तर पुरुष टोलीमा खस्किएको पारो संघले नियाल्न नसकेको नतिजामा छर्लङ देखिन्छ। सामान्य पूर्वाधार र जटिल भौगोलिक बनोटमा सम्भव हुने खेल भन्दै राष्ट्रियताको मान्यता लिन हतारो गरेको संघ साख जोगाउन गम्भीर नदेखिएको देखिन्छ। न्युज एजेन्सी नेपाल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell