PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

थप ५३४ जनामा कोभिड-१९ को संक्रमण, ९ जनाको मृत्यु



पहिलोपोस्ट

थप ५३४ जनामा कोभिड-१९ को संक्रमण, ९ जनाको मृत्यु

काठमाडौं : नेपालमा थप ५३४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा भएको ६ हजार नमुना परीक्षणका क्रममा १९६ महिला र ३३८ पुरुषमा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 

योसँगै नेपालमा कोभिड-१९ संक्रमितको संख्या दुई लाख ६० हजार ५९३ पुगेको छ। 

त्यस्तै थप ९ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ८५६ पुगेको छ। 

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ४४७ जना संक्रमित संक्रमण मुक्त भएका छन्। योसँगै संक्रमण मुक्त हुनेको संख्या दुई लाख ५२ हजार ३५९ पुगेको छ। जुन कुल संक्रमितको ९६.८ प्रतिशत हो। 

हाल नेपालम ६ हजार ३७८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell