PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कोभिड-१९ ले स्टेडियममा निम्त्याएको सन्नाटा, वर्ष २०२० का केही रोचक तस्बिर

कोभिड-१९ ले स्टेडियममा निम्त्याएको सन्नाटा, वर्ष २०२० का केही रोचक तस्बिर

पहिलोपोस्ट /पहिलोपोस्ट


अन्य वर्षहरुमा दर्शकको हुटिङ र चिच्याहटले स्टेडियमको माहोल निकै उत्साहजनक हुन्थ्यो। तर वर्ष २०२० मा भने कोभिड-१९ का कारण स्टेडियम दर्शकविहीन बने। यो वर्षको अन्त्यतिर भएका खेलहरु स्टेडियमको सन्नाटाबीच खेलाइयो। केही खेलमा भने स्वास्थ्य मापदण्ड पालना गराउँदै दर्शकहरुलाई स्टेडियममा प्रवेश दिइयो।

कोभिड-१९ का कारण लामो समय त विश्वभरका खेलकुद गतिविधि ठप्प रहे। पछि भएका खेल पनि दर्शकको उपस्थिति बिना खल्लो बने। खाली स्टेडियममा खेलाइएका खेल रोचक देखिएनन्।

कतिपय स्टेडियममा त दर्शक नभएपछि फोटो मात्रै भने पनि राखिएको थियो। जसले नयाँ खालको अनुभूति दिलायो।

२०२० मा कोभिड-१९ ले अन्य क्षेत्र जस्तै खेलकुदमा पनि निकै प्रभाव पार्‍यो। मुख्य खेलहरु सतर्कताका साथ भइरहँदा स्थानीय खेल भने अझै पनि निर्वाध रुपमा हुन सकेका छैनन्। यो विश्वभरको अवस्था हो। खेलकुदमा देखिएको यो नैराश्यता चाँडै हट्ने र स्टेडियममै पुगेर खेल हेर्ने अपेक्षाका साथ दर्शक कुरिरहेका छन्।

फोटोहरु : रोयटर्स



ट्रेन्डिङ पोस्ट

Ncell