A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6ab34ef62015b8.81337186): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6ab34ef62015b8.81337186,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

उखु किसानको बक्यौता नतिर्ने उद्योगी अग्रवाल वीरगंजबाट पक्राउ, लुम्बिनी चिनी कारखानाका सञ्चालक फरार
PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

उखु किसानको बक्यौता नतिर्ने उद्योगी अग्रवाल वीरगंजबाट पक्राउ, लुम्बिनी चिनी कारखानाका सञ्चालक फरार



राधेश्याम पटेल

उखु किसानको बक्यौता नतिर्ने उद्योगी अग्रवाल वीरगंजबाट पक्राउ, लुम्बिनी चिनी कारखानाका सञ्चालक फरार

वीरगंज : वीरगंज महानगर–२ रजतजयन्ती चोक निवासी मनोज अग्रवाललाई प्रहरीले सोधपुछको लागि नियन्त्रणमा लिएको छ। पश्चिम नवलपरासीमा रहेको लुम्बिनी चिनीमिलका उखु किसानहरूलाई दिनुपर्ने रु ७ करोड बक्यौता नतिरेको कसूरमा उनलाई प्रहरीले नियन्त्रणलाई लिएर नवलपरासी पठाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

अग्रवाल लुम्बिनी चिनीमिलको सञ्चालक समितिका सदस्य हुन्। उनकी भाइबुहारी सुशीला गोयल मिलको अध्यक्ष हुन्। सुशीला फरार रहेकाले अग्रवाललाई नियन्त्रणमा लिएको जिप्रका नवलपरासीका प्रहरी उपरीक्षक अजय केसीले बताए।

मनोजका कान्छा भाइ मनीष अग्रवालले उद्योग चलाउदै किसानको भुक्तानी बाँकी राखेका थिए। केही वर्षअघि निजको मृत्यु भइसकेको छ। सुशीला गोयल मनीषकै पत्नी हुन्।

एसपी केसीले सुशीला गोयलको नाममा पक्राउ पुर्जी जारी भएको र उनी फरार भएको कारण सञ्चालक समितिका सदस्य अग्रवाललाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताए। लुम्बिनी चिनी मिलका किसानहरूको रु ७ करोड बक्यौतामध्ये रु २ करोड पुस १५ गते किसानहरूको खातामा हालिसकेको एसपी केसीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell