PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

कर्णाली प्रदेश सभा सांसदको गाडीमा अज्ञात समूहले लगायो आगो



पी बी खड्का

कर्णाली प्रदेश सभा सांसदको गाडीमा अज्ञात समूहले लगायो आगो

सुर्खेत : कर्णाली प्रदेशसभा एवं प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडी जलाईएको छ। जाजरकोटबाट निर्वाचित सांसद गणेशप्रसाद सिंह चढ्दै आएको कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको स्कारपियो गएराती अज्ञात समुहले जलाएको हो।

गाडी भेरी नगरपालिका–७ पुन्मा राती करिब १० बजेको समयमा जलाएको हुनसक्ने प्रहरीको अनुमान छ।

‘राती १० बजे जलाएको अवस्थामा थियो गाडी’ जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी किशोर श्रेष्ठले भने। पूर्वमाओवादी सांसद सिंह अहिले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधव नेपाल समूहका हुन्। गाडी किन र कसले जलायो भन्ने विषय अनुसन्धान भईरहेको प्रहरीको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell