PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि राप्रपाले आज काठमाडौंमा जनप्रदर्शन गर्ने



पहिलोपोस्ट

हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि राप्रपाले आज काठमाडौंमा जनप्रदर्शन गर्ने

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ।

हिन्दु राष्ट्र, राजसंस्था पुनर्स्थापनाका लागि राप्रपाले आज काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शन गर्न लागेको हो। दिउँसो ११ बजेदेखि सुरु हुने प्रदर्शनमा सहभागी हुन अध्यक्ष कमल थापाले आह्वान गरेका छन्।

उनले ट्वीटरमार्फत भनेका छन्, 'चुनावमा जसलाई भोट हाले पनि, अहिले जुनसुकै पार्टीमा भए पनि, हामीलाई मन नपराउने भए पनि, यदि हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना चाहनुहुन्छ भने तथा भ्रष्टाचार, धर्मपरिवर्तन, कुशासन, र सर्वसत्तावादको बिरुद्धमा हुनहुन्छ भने भृकुटीमण्डप पाल्नुहोस्। सबैलाई स्वागत छ।'

अर्कोतिर प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन कदमविरुद्ध प्रचण्ड नेपाल समूह र नेपाली कांग्रेस, जसपा पनि आन्दोलनमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell