PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

न्यु इयर इभमा होहल्ला गर्ने ७१ जना समातिए



पहिलोपोस्ट

न्यु इयर इभमा होहल्ला गर्ने ७१ जना समातिए
फाइल फोटो

काठमाडौंः २०२० को अन्तिम दिन अर्थात न्यु इयर इभको अवसरमा होहल्ला गर्ने ७१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौं प्रहरीले काठमाडौंका विभिन्नस्थान ठमेल, दरबामार्ग, न्यूरोड लगायतका विभिन्नस्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी प्रमेश विष्टले जानकारी दिए।

' इभलाई ध्यान दिएर सुरक्षा प्रवन्ध गरिएको थियो। हिजो होहल्ला गर्ने शान्ति भंग गर्ने अभियोगमा काठमाडौंका विभिन्न क्षेत्रबाट मानिस नियन्त्रणमा लिएका छौं,' डिएसपी विष्टले भने।

प्रहरीले यसरी नियन्त्रणमा लिएका मानिसमध्ये केहीलाई  सम्झाएर आफन्तको जिम्मा लगाउँछ भने केहीलाई मुद्धा समेत चलाउने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell