PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

रहेनन् हिप-हप स्टार एमएफ डुम



पहिलोपोस्ट

रहेनन् हिप-हप स्टार एमएफ डुम
Getty Images

हिप-हप स्टार एमएफ डुमको निधन भएको छ। ४९ वर्षीय उनको मृत्युको खबर परिवारले सामाजिक सञ्जालमार्फत् पुष्टि गरेका छन्।

डानियल डुमायल यथार्थ नाम रहेको उनी गीत र प्रस्तुतिसँगै सधैं लगाउने मास्कका कारण चर्चित छन्। नयाँ वर्षको पूर्व सन्ध्यामा उनको मृत्यु भएको बारे श्रीमती ज्यास्मिनले बताएकी हुन्। लेखेकी छिन्,'मैले पाएको एक महान पति, पिता, शिक्षक, विद्यार्थी, सह व्यवसायी, प्रेमी र साथी थिए उनी।'

बेलायतबाट अमेरिका पुगेका उनी नब्बेको दशकमै चर्चामा आएका थिए। तर, भाइको मृत्युपछि गीत संगीतबाट टाढा रहेका उनी सन् १९९७ मा पुन: सार्वजनिक कार्यक्रममा देखिए। त्यहाँ पहिलो पटक उनी मास्कसहित प्रस्तुत भएका हुन्। उक्त मास्क 'डक्टर डुम' अंकित थियो जो मार्भलको सुपर भिलियन हुन्।

रन द जेवेल्स, टाइलर, द क्रियटरलगायत कलाकारहरूले एमएफ डुमलाई श्रद्धान्जली व्यक्त गरेका छन्। उनको मृत्युको कार भने खुलाइएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell