PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

फिल्म क्षेत्रमा फर्किँदै रिया चक्रवर्ती



पहिलोपोस्ट

फिल्म क्षेत्रमा फर्किँदै रिया चक्रवर्ती

बलिउड अभिनेत्री रिया चक्रवर्ती पुन: फिल्म क्षेत्रमा फर्कने भएकी छिन्। सुशान्तसिंह राजपुतको मृत्यु पछाडि विवाद र कानूनी अफ्ठ्यारा व्यहोरेकी उनले सन् २०२१ मा सार्वजनिक हुने फिल्ममा काम गर्न लागेकी हुन्।

लेखक तथा निर्देशक रुमी जाफेरीले उनलाई आफ्नो फिल्ममार्फत् फेरि पर्दामा देखाउन लागेका हुन्। रुमी सुशान्तका निकट साथी हुन्। उनले बलिउड हंगामासँग भनेका छन्,'सन् २०२० उनका लागि तनावग्रस्त रह्यो। सबैका लागि सखद् नरहेको वर्ष रियाका लागि झनै धेरै कठिन थियो। तपाईं एउटी युवती एक महिना जेलमा बसेको कल्पना गर्न सक्नुहुन्छ?'

आफूले रियालाई भेटेरै फिल्म क्षेत्रमा फर्काउने विषयमा कुरा भएको बताए। भेटमा उनी चुप रहेको जनाउँदै भने,'माहोल केही शान्त बनोस्। उनीसँग भन्नका लागि धेरै कुरा छन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell