बेलायतका लागि नयाँ वर्षसँगै नयाँ सुरुवात भएको छ। किनकि बेलायत युरोपियन युनियनबाट औपचारिक रुपमा अलग्गिएको छ। त्यहाँ रातको ठीक ११ बजेदेखि युनियनको नियम मान्न बन्द गरिएको हो। त्यस्तै यात्रा, व्यापार, प्रवासी र सुरक्षा सम्बन्धी नयाँ नियम लागू गरिएको बीबीसीमा जनाइएको छ।
प्रधानमन्त्री बोरिस जोनसनले 'ब्रे ग्जिट'को प्रक्रिया सकिएको बताएका हुन्। अब बेलायत स्वतन्त्र भएको र अब अझै राम्रो गर्ने क्षमता बनेको बताए। उनले देशका मन्त्रीहरूलाई केही दिन वा सातासम्म नयाँ नियमहरूका कारण समस्या हुनसक्ने भएकाले सतर्क रहन आग्रह गरे। त्यस्तै बेलायती कम्पनीहरूले पनि बद्लिएका नियम अनुरुप काम गर्नपर्ने सुनाए।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले बेलायत सधैं असल र सहयोगी मित्र राष्ट्र बन्ने बताए। बन्दरगाहमा रोकतोकको चिन्ताबीच बेलायतका अधिकारीहरूले नयाँ सीमा नियम तयार रहेको जानकारी दिएका छन्।
सन् २०१६ मा बेलायतका मानिसले जनमत संग्रहमार्फत् युरोपियन युनियनबाट बाहिरिने निर्णय गरेका थिए। ठीक साढे ३ वर्षपछि २७ सदस्यसीय युनियन राजनीतिक र आर्थिक हिसाबमा छाडेको हो। तर, गत ११ महिना यता ब्रेग्जिट युनियनको व्यापार नियमका कारण उल्झिएको थियो।
